६ जेठ, २०८१ आइतबार

05:19:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मधेश प्रदेश सरकारको आर्थिक तथा औद्योगिक सल्लाहकारमा उद्योगी क्याल नियुक्त

२३ माघ, २०७८

मधेश प्रदेश सरकारको आर्थिक तथा औद्योगिक सल्लाहकारमा उद्योगी क्याल नियुक्त

काठमाण्डौं

उद्योगपति, समाजसेवी एवं क्याल ग्रुपका अध्यक्ष सत्यनारायण क्याल मधेश प्रदेश सरकारको आर्थिक तथा औद्योगिक सल्लाहकार पदमा नियुक्त हुनुभएको छ । भएकोमा मधेश प्रदेश सरकारको मन्त्रीपरिषद्को निर्णयबाट अध्यक्ष क्याल आर्थिक तथा औद्योगिक सल्लाहाकारमा नियुक्त हुनुभएको हो । मुख्यमन्त्री लालबाबु राउतले क्याललाई सल्लाहकारमा नियुक्त गरिएको पत्र पठाउनु भएको हो ।

उद्योगी क्याल विगत साढे ३ दशकदेखि उद्योग व्यापार क्षेत्रमा निरन्तर सक्रिय छन् । प्रदेश सरकारका अनुसार प्रदेशको समग्र विकासका लागि योजना तर्जुमालगायत आर्थिक सरोकारमा सुझाव लिन निजी क्षेत्रका अनुभवी र प्रवुद्ध व्यक्तिलाई सल्लाहकार नियुक्त गरिएको हो ।