६ जेठ, २०८१ आइतबार

05:01:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

९ करोड ८८ लाख २६ हजार लागतको तीनमुखे झोलुङ्गे पुल सम्पन्न हुँदै

२३ माघ, २०७८

 ९ करोड ८८ लाख २६ हजार लागतको तीनमुखे झोलुङ्गे पुल सम्पन्न हुँदै

काठमाण्डौ
स्याङजा पाल्पा र गुल्मीलाई एक आपसमा जोड्ने नेपालकै पहिलो तीनमुखे झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । यो देशकै एक नमूना झोलुङ्गे पुल हुनेमा निर्माण कम्पनीले दावी गरिरहेको छ । 

 यो पुलले स्याङ्जाको कालीगण्डकी–१ कारिकोट चन्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीको रुरु गाउँपालिका–१ रिडीलाई जोड्छ । यो तीनमुखे झोलुङ्गे पुलले यस स्थानका बासिन्दालाई सुविधा पुग्ने जनाइएको छ । 

२०७१ साल असार १० गते नयाँ बाटो रुबिना.मना.जेबीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वाधार विभाग अन्तर्गतको झोलुंगे पुल शाखासँग निर्माण सम्झौता गरेका थिए । सम्झौतामा ९ करोड ८८ लाख २६ हजार रुपैयाँमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख थियो ।

झोलुंगे पुल शाखाका योजना प्रमुख भरत अर्यालका अनुसार ७ वर्षपछि बल्ल पुल निर्माण सम्पन्न हुँदै छ । यसबीचमा तेस्रो पटक म्याद थप गरिएको थियो । अहिले ९० प्रतिशत काम सकिएको र आगामी चैतभित्र निर्माण सम्पन्न हुने अनुमान गरिएको योजना प्रमुखअर्यालको भनाइ छ ।