२४ बैशाख, २०८१ सोमबार

08:19:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालू आवको चार महीनामा रु.१ खर्ब ४५ अर्बको कृषिजन्य वस्तु आयात

Nepal Business

१६ मंसिर, २०७८

कृषि प्रधान मूलुकको दुर्दशा चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालले विदेशबाट रु.१ खर्ब ४५ अर्ब ५८ करोड मूल्य बराबरको कृषिजन्य वस्तु आयात गरेको छ भने रु.५७ अर्ब ९८ करोडको कृषिजन्य वस्तु निर्यात पनि गरेको छ । गत आर्थिक वर्षको कात्तिकसम्ममा रु.९४ अर्ब १९ करोडको कृषिजन्य वस्तुको आयात भएको थियो जुन गत वर्षको आवको तुलनामा ५५ प्रतिशतले बढि हो ।

चालू आवको चार महीनामा रु.१ खर्ब ४५ अर्बको कृषिजन्य वस्तु आयात

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालले विदेशबाट रु.१ खर्ब ४५ अर्ब ५८ करोड मूल्य बराबरको कृषिजन्य वस्तु आयात गरेको छ भने रु.५७ अर्ब ९८ करोडको कृषिजन्य वस्तु निर्यात पनि गरेको छ । गत आर्थिक वर्षको कात्तिकसम्ममा रु.९४ अर्ब १९ करोडको कृषिजन्य वस्तुको आयात भएको थियो जुन गत वर्षको आवको तुलनामा ५५ प्रतिशतले बढि हो । 
भन्सार विभागको तथ्याङ्कले चालू आर्थिक वर्षको पहिलो चार महीनामा अन्न मात्रै रु.२२ अर्ब ५७ करोडको आयात भएको देखाउँछ । गत वर्षको यही अवधिमा रु.२५ अर्ब २ करोडको अन्न आयात भएको थियो । तर, तरकारी, फलफूल लगायत अन्य कृषिजन्य वस्तुको आयात भने बढेको छ । यो वर्ष कात्तिकसम्ममा रु.१६ अर्ब १० करोडको तरकारी आयात भएको छ । गत वर्षको यही अवधिमा तरकारीको आयात रु.१२ अर्ब ९० करोड थियो । चालू आवको कात्तिकसम्ममा करीब रु.९ अर्ब ४४ करोडको फलफूल र काजुबदाम, रु.३ अर्ब ८१ करोडको चियाकफी र मसला, रु.५६ अर्ब २४ करोडको घ्यू तेल उत्पादन गर्न मिल्ने कृषिजन्य वस्तु, ३ अर्ब ७८ करोडको चिनी र चिनीजन्य वस्तु, रु.१० अर्ब ४५ करोडको तेल बनाउन मिल्ने प्राकृतिक दाना (तोरी, भटमास आदि) आयात भएको छ ।
भन्सार विभागका अनुसार, कात्तिकसम्ममा नेपालले विदेशबाट रु.६ खर्ब ५० अर्बको वस्तु आयात गरेको छ । यो गत वर्षको यही अवधिका तुलनामा ६१.५७ प्रतिशत धेरै हो । यो अवधिमा निर्यात भने ८२ अर्ब १२ करोडको मात्रै छ । यससँगै चालू आर्थिक वर्षको पहिलो चार महीनामै नेपालले वैदेशिक व्यापारमा रु.५ खर्ब ६८ अर्ब घाटा व्यहोरिसकेको छ । यसरी आयात चुलिंदै गएपछि पछिल्लो समयमा नेपालको शोधनान्तर स्थिति घाटामा देखिदै गएको हो ।