६ जेठ, २०८१ आइतबार

02:22:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता हुँदै, यी विषयमा छलफल हुने

२३ माघ, २०७८

प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता हुँदै, यी विषयमा छलफल हुने

काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवार र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आइतबार भेटवार्ता हुने भएको छ । अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँहरुबिच भेटवार्ता हुन लागेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । देउवा र ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको रिमाललेले बताउनुभयो ।

आजै देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगपनि भेटवार्ता गर्न लागनुभएको छ ।