६ जेठ, २०८१ आइतबार

02:59:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निर्वाचनबाट सरकार पन्छिन मिल्दैनः एमाले सचिव अर्याल

२३ माघ, २०७८

निर्वाचनबाट सरकार पन्छिन मिल्दैनः एमाले सचिव अर्याल

बागलुङ
नेकपा (एमाले) का सचिव पद्ममा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्र विरुद्ध हुने बताउनुभएको हो ।

उहाँले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गर्नुभयो । “संविधान, कानुनले तोके अनुसार बेलैमा निर्वाचन हुनुपर्छ, स्थानीय तह पदाधिकारीविहीन स्थितिमा रहनसक्दैन, अर्को कुनै संरचनाले स्थानीय तहको अधिकार प्रयोग गर्न सक्ने परिकल्पना संविधानले गरेको छैन”, नेत्री अर्यालले भन्नुभयो ।