२२ माघ, २०८१ मंगलबार
06:42:08 AM
२३ माघ, २०७८
म्याग्दी
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक जोडिएको छ । यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाईआवत जावतमा सुबिधा पुगेको छ । यसअघि गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार(खिबाङ(शिख(चित्रे हुदै घोडेपानी सडक थियो ।
हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले स्थानीयवासीले १ करोड भन्दा बढी चन्दा संकलन गरेर करिब १८ किलोमिटर सडक निर्माण गरिएको बताउनुभयो । महभिरदेखि घराम्दी(प्यारीभारानी हुदै घोडेपानी जोड्ने छोटो दुरिको सडक पोखरेबगर भन्दा करिब तीस मिनेट छिटो पनि छ । बैकल्पिक सडकबाट घोडेपानी आवत जावत हुन थालेको छ । धार्मिक पर्यटकीय स्थल प्यारीभारानीको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ,’ उहाँले भनुभयो ।
घराम्दीबासी, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट १ करोड १७ लाख ८५ हजार ९२० रुपैया चन्दा जुटाएर बेनी(जोमसोम सडकको महभिरदेखि घराम्दी हुदै ठुलाखर्क पुर्याइएको सडक गत बर्ष थप ५ लाख बजेट र्खच गरेर प्याराभारानी ताल पुर्याइएको उहाँले बताउनुभयो ।
यसैगरी गाउँपालिकाको १२ लाख र प्रदेश सरकारको ८ लाख अनुदानमा टिकोटबाट मथेनी हुदै ठुलाखर्क जोड्ने करिब पाँच किमी सडक निर्माण भएको छ । डिभिजन वन कार्यालयको २० लाख सहयोगमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने डेढ मिटर फराकिलो तीनरतीन किमीको घोडा र साइकल मार्ग निर्माण गरिएको छ ।
घराम्दीका तिर्थबहादुर फगामीले सडक यातायातको सुबिधासँगै पर्यटकीय महत्वको पेरी भरानी तालमा भक्तजन र पर्यटकको आगमन बढेको बताउनुभयो । जनैपूर्णिमा पर्वमा यहाँ पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने विश्वासका साथ मेला लाग्ने गर्छ । करिब दुई सय मिटर लम्बाई र एक सय मिटर चौडाईमा गोलो आकारमा फैलिएको ताल आकर्षक र मनमोहक छ,’ उहाँले भनुभयो ।
गुराँसको जंगलको बीचमा रहेको ताल परिसरबाट धौलागिरी, अन्नपूणर्, माछापुच्छ्रे, निलगिरी रेञ्चका हिमाल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । रासस