२२ माघ, २०८१ मंगलबार

06:41:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चार दिनदेखि हवाई सेवा अवरुद्ध

Nepal Business

२३ माघ, २०७८

चार दिनदेखि हवाई सेवा अवरुद्ध

सिमकोट 

गत बिहीबार र शुक्रबार परेको हिमपातले सिमकोटको हवाई सेवा अवरुद्ध भएको छ । यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको  छ । मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ । 

साढे दुई फिटसम्म  हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ । हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारी दिनुभयो । 

रासस