६ जेठ, २०८१ आइतबार

05:01:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आहा ! चिटिक्कको बेलीवृज : एक करोड १५ लाखमा चार महिना मै बन्यो पुल

२२ माघ, २०७८

 आहा ! चिटिक्कको बेलीवृज : एक करोड १५ लाखमा चार महिना मै बन्यो पुल

नेपाल विजनेश समाचारदाता,
२२ माघ ।  गएको साउन महिनामा मेलम्चीमा आएको भिषण वर्षासँगेको विनाशकारी बाढीले बगाएको हेलम्बु गाउँपालिकाका ६ स्थित चनौटे-भिरखर्क जोड्ने पुल (रातुपुल) बगाएको थियो ।

उक्त स्थानमा  नेपाली सेनाले छोटो अवधी मै चिटिकको बेलीव्रिज निर्माण गरेको छ । अन्य निकायलाई दिएको भए वर्षाैँसम्ममा पनि नबन्ने पुल चार महिना मै निर्माण भएको छ । 

जसका कारण मानिस तथा सवारी आवागमन प्रभावित भएको थियो । उक्त स्थानमा  नेपाली सेनाले छोटो अवधी मै चिटिकको बेलीव्रिज निर्माण गरेको छ । अन्य निकायलाई दिएको भए वर्षाैँसम्ममा पनि नबन्ने पुल चार महिना मै निर्माण भएको छ । 

शनिबार गृहमन्त्रीको उपस्थिततिमा उक्त पुल सेनाले सडक विभागलाई हस्तान्तरण समेत गरेको छ । गएको असारमा साउन २६ र कार्तिक ३ गते बसेको विपद् जोखिम न्युनिकरणतथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकको निर्णयअनुसार सेनाले पुल बनाएको हो ।

सेनाले ४८.७७ मिटर लम्बाइ तथा ४.२० मिटर चौडाइको उक्त पुल एक करोड १५ लाखको लागतमा निर्माण सम्पन्न गरेको जानकारी दिएको छ

 कार्तिक ४ गतेबाट सेनाले निर्माण कार्य प्रारम्भ गरेकोमा चार महिनाको अन्तरालमा पुल निर्माण सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ ।

सेनाले ४८.७७ मिटर लम्बाइ तथा ४.२० मिटर चौडाइको उक्त पुल एक करोड १५ लाखको लागतमा निर्माण सम्पन्न गरेको जानकारी दिएको छ । मेलम्चीको बाढीले ठुलो जनधनको क्षति पुर्याएको थियो भने अझै धेरै मानिस वेपत्ता छन् ।