२२ माघ, २०८१ मंगलबार
06:35:25 AM
२२ माघ, २०७८
२२ माघ । मुलुकका विभिन्न जिल्लामा ८ व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौं, झापा, खोटाङ, तेह्रथुम, संखुवासभा, सल्यान, सप्तरी र लमजुङमा यसरी मानिस मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार काठमाडौं, झापा, खोटाङ, तेह्रथुम, संखुवासभा, सल्यान, सप्तरी र लमजुङमा यसरी मानिस मृत भेटिएका हुन्
काठमाडौंको गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजलस्थित प्लटिङमा अन्दाजी ३० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । उनको पहचिान खुलेको छैन । घटनाकोअनुस्न्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै झापाको शिवसताक्षी नगरपालिका १० माइखोला पुलमा अन्दाजी ५० वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका प्रहरीले जनाइएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङ बस्ने ५६ वर्षीय होमप्रसाद राई घर नजिकै बाटोमा आजै अवस्थामा फेला परेका छन् । गत बुधबार जडिवुटी खोज्न भनि आफ्नै घरदेखि जंगलतर्फ हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव शनिबार फेला परेको हो ।
तेह्रथुमको छथर गाउँपालिका ३ बासमेरी बस्ने ६४ वर्षीया फुलमाया सार्की घर नजिकै सामुदायिक जंगलमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । शुक्रबार बिहान फाक्चामारा जान्छु भनी हिँडेकी उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।
संखुवासभाको पाँचखपन नगरपालिका ६ स्थित तिलबारीडाँडा जंगलमा अन्दाजी ६५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
उता सल्यानको शारदा नगरपालिका ८ मालडाँडा बस्ने ७३ वर्षीय तेजबहादुर कवर घर जिकै बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन् । गत माघ १६ गते घरबाट निस्केका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।
लमजुङको वेसीशहर नगरपालिका ११ ओडार बस्ने ४६ वर्षीय टेकनिधी तिवारी आफ्नै घर नजिक नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिका१ पारोहाङग चौकस्थित निर्माणाधिन घरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।