४ जेठ, २०८१ शुक्रबार

09:27:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रेस चौतारी पूर्व अध्यक्ष अर्याल र विष्टलाई ह्दयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार

Nepal Business

२२ माघ, २०७८

प्रेस चौतारी पूर्व अध्यक्ष अर्याल र विष्टलाई ह्दयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार

काठमाण्डौ । 
प्रेस चौतारी नेपालले ह्दयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार २०७७ चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल र २०७८ को गगन विष्ट लाई  प्रदान गर्ने निर्णय गरेको छ ।

शनिवार स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा चौतारीका अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारीले प्रदान गर्दै आएको पत्रकारीता पुरस्कारहरु अघिल्लो वर्ष कोरोनाका कारण प्रदान गर्न नसकिएको भन्दै अघिल्लो वर्ष र यस वर्षको पुरस्कार प्रदान गर्ने बारे जानकारी गराउनुभएको थियो । चौतारीले २०७७ र २०७८ का लागि एकैपटक पुरस्कार घोषणा गरेको हो । यस्तै अग्निशिखा पत्रकारिता पुरस्कार कृष्णविनोद लम्साल, झलक सुवेदी, डेकेन्द्र थापा पत्रकारिता पुरस्कार सागर पण्डित , हिरा परियार लाई दिने निर्णय भएको छ ।

कार्यक्रममा बोल्नुहुँदै चौतारीका पूर्व अध्यक्ष गगन विष्टले आफुलाई चौतारीले प्रदान गरेको पुरस्कार स्वास्थ्या समस्याका कारण अस्पतालमा उपचार गराई रहनुभएका दैलेखका पत्रकार माधव खनाललाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । उँहाले पत्रकारहरुलाई हुने आर्थिक समयस्या, पेशागत समस्या लगाएतका विविध विषयमा पत्रकारहरुले नै साथ सहयोग गर्दै जानुपर्ने बताउनुभयो ।

यसैगरी चौतारीले प्रदान गर्दै आएको वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार केपी गौतम, अनुप तिवारी, चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कार शान्ति गुरूङ पदमलक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरष्कार अब्दुल्लाह मियाँ र शिवराज भट्ट लाई प्रदान गर्ने निर्णय भएको केन्द्रीय अध्यक्ष गणेश बस्नेतले कार्यक्रममा जानकारी गराउनुभएको हो ।पुरष्कार चौतारीको आगामी महाधिवेशनको उद्घघाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वितरण गर्ने कार्यक्रम रहेको छ । 

यसैवीच आज प्रेस चौतारी नेपालको स्थापना दिवस देशभर चौतारीका शाखा र संगठनहरुले विविध कार्यक्रमको आयोजना गरेर मनाएका छन् । चौतारी २०५५ साल माघ २२ गते स्थापना भएको थियो । चौतारी स्थपनाको दुई दशकमा चौतारीले पत्रकारको पेशागत हक, हित र अधिकारका क्षेत्रमा काम गर्दै आईरहेको छ ।