६ मंसिर, २०८१ बिहिबार
08:31:55 PM
२२ माघ, २०७८
काठमाडौं । नेपाल टेलिकमले आज (शनिबार) आफ्नो १८औं वार्षिकोत्स्व मनाउँदै छ । सोहि अवसरमा टेलिकमले आज आफ्ना ग्रहाकका लागि दिनभर नि:शुल्क कल सेवा दिएको छ ।
टेलिकमको १८ औं वार्षिकोत्सवको अवसरमा एक दिन नि:शुल्क भीओएलटीई कल सेवा उपलब्ध गराएको हो । यहि अवसरमा टेलिकमले भीओएलटीई सेवाको व्यवसायिक सुरूवात पनि गर्न लागेको छ । ‘भीओएलटी कल’ फोन कललाई गुणस्तरीय बनाउने एक प्रविधि हो । एक दिनका लागि मात्र लागू हुने यो अफर प्रयोग गर्दा कुनै चार्ज लाग्ने छैन । नि:शुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गर्ने कलमा मात्र लागू हुने छ ।
भीओएलटीई कल सेवा कसरी एक्टिभ गर्ने ?
आफ्नो मोबाइलबाट ८४४४३ डायल गर्ने।
तर सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्ने छ ।
नि:शुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गर्नेे कलमा मात्र लागू हुने छ ।
यस्तै टेलिकमले वार्षिकोत्सवका अवसरमा डेटा प्याक अफर पनि ल्याएको छ ।
यस्तो छ ‘एनटी एनिभर्सरी अफर’
२ सय ९४ रुपैयाँमा २० जीबी डेटा, १० दिनसम्मका लागि ।
९८ रुपैयाँमा ६ जीबी डेटा, तीन दिनसम्मका लागि ।
६९ रुपैयाँमा हरेक दिन १ एमबीपीएस गतिको अनलिमिटेड डेटा ।
यो योजना मंगलबारदेखि सुरु भएर आउँदो फागुन ३ गतेसम्म कायम रहने छ ।
यो प्याक ८१४१५८११३ डायल गरी अथवा नेपाल टेलिकमको मोबाइल एप ‘एनटी एप’ मार्फत पनि खरिद गर्न सकिने छ ।