५ जेठ, २०८१ शनिबार

01:44:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्री एयरलाइन्सले जहाज थपेर ८ वटा पु¥यायो

२२ माघ, २०७८

श्री एयरलाइन्सले जहाज थपेर ८ वटा पु¥यायो

काठमाण्डौ 
निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गरिरहेको छ । कम्पनीले हालसम्म जहाज थप्दै गएर ८ वटा पु¥याएको छ । गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवद्र्धनको काम अघि बढाएको हो ।


कम्पनीले अघिल्लो एकै महिनामा थप २ थान नयाँ जहाज खरिद गरेको थियो । कम्पनीले पछिल्लो पटक ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । यो सबै गरेर कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् ।
श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरका अनुसार एयरलाइन्सले ५ वटा जहाज भित्र्याउने योजना अन्तगर्त ८० सिट क्षमताका समान तीन जहाज मध्ये दुई वटा आइसकेको र बाँकी एउटा छिट्टै भित्र्याउने कम्पनीको योजना छ । ततपश्चात अन्य दुई जहाजको पनि खरिद प्रक्रिया अघि बढाइने छ ।

हाम्रो जहाज थप्ने र बजार विस्तार गर्ने योजना अनुरुप ५ वटा जहाज खरिदका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएका थियौँ, अनुमति मागेको मध्ये ३ वटा जहाज खरिद भइसकेको छ, २ थान आइसके, बाँकी एक जहाज पनि छिट्टै नेपाल ल्याउदैछौँ, प्रबन्धक मानन्धरले बताउनुभयो ।

हाल उडान भइरहेका गन्तव्यमा उडान थप्ने, सुर्खेत र तुम्लिङटारमा नयाँ उडान सञ्चालन गर्ने कम्पनीको योजना छ । यसका लागि एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमति मागिसकेको छ । परिस्थिति अनुकूल भएपछि उडान विस्तार गरिने कम्पनीको भनाई छ । शुरुमा हाल एक मात्रै उडान गरिरहेका गन्तव्यहरु सिमरा र जनकपुरमा उडान थपिनेछ । त्यसपछि नेपाजगञ्ज, धनगढी, भद्रपुरलगायत गन्तव्यमा  उडान थपिने एयरलाइन्सले जनाएको छ ।

श्री एयरलाइन्सले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई वटा तथा सीआजे २०० (५० सिटे) दुई थान र सीआरजे ७०० (७० सिटे) दुई थान जहाज मार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ ।