४ जेठ, २०८१ शुक्रबार

10:08:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मिलको पट्टामा बेरिएर बालिकाको मृत्यु

Nepal Business

२१ माघ, २०७८

मिलको पट्टामा बेरिएर बालिकाको मृत्यु

कञ्चनपुर, २१ माघ । कृष्णपुर नगरपालिका–१ दोमिल्लाकी ११ वर्षीया बालिका ललिताकुमारी खत्रीको बैजनाथ राइस एण्ड फ्लोर मिलको पट्टा राख्ने कमानीमा कपडा बेरिएर आज मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार दिउँसोको बेला खेल्ने क्रममा बालिका मिलको कमानीमा बेरिएकी हुन् । घटनास्थलमै बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याइएको छ । 

मिल वडाध्यक्ष मोहनबहादुर बस्नेतको स्वामित्वको रहेको बताइएको छ । बालिकाका बुवा आमा धेरै पहिलादेखि मिलमा काम गर्दै आएको र बालिसमेतका उनीहरूसँगै बस्दै आएकी थिइन् ।