२२ माघ, २०८१ मंगलबार
06:32:20 AM
२१ माघ, २०७८
कठमाण्डौ ।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले अहिलेसम्म १२ हजार भूमिहिन र सुकुम्बासीहरुलाई जग्गा धनी पूर्जा वितरण गरिएको बताउनुभएको छ ।
चितवनमा भएको जग्गा धनी पूर्जा वितरण कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले अभियाननै चलाएर जग्गा धनी पुर्जा वितरणको काम गरिरहेको बताउनुभयो । उँहाले भूूमि भएर पनि भूूमि विहिन बनीरहेकाहरु कोही पनि भूमि पाउनबाट छुुट्न नहुनेमा जोड दिदै सरकारले भूमि सम्बन्धी समस्या समाधानका लागि भूमिहिनलाई भूमि दिने कार्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो ।
भूूमिहिन दलित, भूमिहिन सुकुुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न विभिन्न स्थानीयतहसँग कार्य सम्झौता गरेर छिटो काम सम्पन्न गर्ने गरी आयोग मार्फत काम अगाडि बढाइसकिएको जानकारी पनि उहाँले दिनुभयो ।
राष्ट्रिय भूमि आयोगले यसअघि ६८ वटा स्थानीय तहसँग भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर गरी काम शुरु गरिसकेको छ ।