६ जेठ, २०८१ आइतबार

02:22:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चट्याङबाट भैरहवा विमानस्थलमा क्षती

२१ माघ, २०७८

चट्याङबाट भैरहवा विमानस्थलमा  क्षती

काठमाण्डौ
शुक्रबार भारी वर्षाको कारण चट्याङ परेपछि भैरहवा विमानस्थलको लाइटिङ पाथमा समस्या आएको छ। लाइटिङमा समस्या आउँदा १ घण्टासम्म विमानस्थलमा प्रवेश हुने कुनै पनि जहाज अवतरण नभएको विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले बताउनु भयो ।

उहाँले आजसम्म लाइटिङमा यति ठुलो समस्या आएको थिएन तर शुक्रबार आएको चट्याङले विमानस्थलमा भएका प्रायसबै लाइटिङमा क्षति पुगेको जानकारी दिनुभयो । 

 विमानस्थल परिसरमा परेको प्रभाव अध्ययनका लागि प्राविधिक टोली परिचालन भइसकेको छ, उहाँले भन्नुभयो अहिले यहाँबाट उडान भइरहेको छ। तर लाइटिङमा आएको समस्याका कारण जहाज अवतरण हुन सकेको छैनन् । 

यहाँ बुद्ध, यती, श्री, गुण लगायत विभिन्न वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका छन्।