६ जेठ, २०८१ आइतबार

02:22:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमाले उद्योग विभागमा ८ सदस्य थपिए, सहकारीकर्मी देखी व्यवसायिसम्म

२१ माघ, २०७८

एमाले उद्योग विभागमा ८ सदस्य थपिए, सहकारीकर्मी देखी व्यवसायिसम्म

काठमाडौं ।

नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा ८ सदस्य थपिएका छन् । नेकपा एमाले सचिवालय बैठकले ८ जना सदस्य टुंगो लगाएको हो । एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीकाअनुसार सदस्यहरुमा पाल्देन छेपाङ गुरुङ, किशोर प्रधान, मदन अधिकारी, विजयकुमार लोहिया, डीबी बस्नेत, मदनलाल अग्रवाल, शोभा गुरुङ र लता प्याकुरेललाई थप गरिएको छ।

विभिन्न पेशा व्यवसाय र उद्योग सञ्चालन गरिरहेका पार्टी संगठनमा रहेका उद्योग व्यवसायिलाई नै यस विभागको सदस्य बनाइएको छ । यसैगरी सहकारी अभियानबाट व्यवसायमा आउनुभएका डिबी बस्नेत पनि यस विभागको सदस्यमा पर्नुभएको छ । यस विभागको नेतृत्व पार्टी केन्द्रीय सदस्य मोतीलाल दुगडलाई यस अघिनै दिईसकिएको थियो ।

यसैगरी केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई विभागको उपप्रमुखको जिम्मेवारी पनि यस अघिनै दिईसकिएको थियो । एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले नै केन्द्रीय सदस्य दुगडलाई प्रमुख र केन्द्रीय सदस्य प्रसाईंलाई उपप्रमुख बनाएको थियो । दुगड एमाले सांसद तथा पूर्वमन्त्री हुनुहुन्छ भने झापाका मेडिकल व्यवसायी प्रसाईं पार्टी एकताबाट एमाले केन्द्रीय सदस्य हुनुहुन्छ ।