४ जेठ, २०८१ शुक्रबार

10:08:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

म्यानपावर कम्पनी वर्गीकरण गर्न कार्यदल गठन

Nepal Business

२० माघ, २०७८

म्यानपावर कम्पनी वर्गीकरण गर्न कार्यदल गठन

काठमाण्डौं
सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई अव वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाई कम्पनीको स्तर निर्धारण गर्न सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यबिधि तयार गर्न मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । 

बिहिवार गठन भएको कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको निजी सचिवालयले जनाएको छ । हाल मुलुकमा ८ सय ६० म्यानपावर कम्पनी दर्ता छन् ।