२२ माघ, २०८१ मंगलबार
06:28:01 AM
२० माघ, २०७८
बारा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोल्हवी नगरपालिका ११ का वडासचिव विनोदप्रसाद साहलाई घुससहित पक्राउ गरेको छ । साहलाई जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग ३ हजार ५ सय घुस लिएको सूचनाका आधारमा पक्राउ गरेको अख्तियार आयोगले जनाएको छ ।
सेवाग्राहीले दिएको सूचनाको आधारममा हेटौँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसबापत्को रकमसहित उहाँलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।