४ जेठ, २०८१ शुक्रबार

11:49:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मलद्वारबाट निकालियो एक किलो सुन

२० माघ, २०७८

एक करोडको अबैध सुन र आइफोनसहति ३ पक्राउ

मलद्वारबाट निकालियो एक किलो सुन

नेपाल विजनेस समाचारदाता,
२० माघ : प्रहरीले एक व्यक्तिको मलद्वारबाट एक किलो सुन निकालेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ३ का दावा छिरिङ शेर्पाको मलद्वारबाट प्रहरीले यसरी सुन निकालेको हो । 

सुन लुकाएर ल्याउने विभिन्न माध्याम मध्य तस्करले मलद्वारलाई समेत प्रयोग गर्दै आएरकेका छन् । कतिपयले सुन खाएर आउने गरेका समेत फेला पारिएको थियो । 

दुबइबाट तीन वटा प्लाष्टिकका पोकामा अर्ध ठोस अबस्थाको सुन मलद्धाराभित्र हालेर ल्याएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । जाँच गर्दा उक्त वस्तु सुन प्रमाणित भएको छ । उक्त सुन एक किलो ५५ ग्राम रहेको फेला परेको छ । 

शंका लागि जाँच गर्दा मलद्धारबाट सुन निकालिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख भीमप्रसाद ढकालले बताउनुभयो ।

उनी एयर अरेवियामार्फत सारजहाँ विमानस्थलबाट नेपाल आउँदै गरेका थिए । शंका लागि जाँच गर्दा मलद्धारबाट सुन निकालिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख भीमप्रसाद ढकालले बताउनुभयो ।

बेलनाकार रुपमा अर्ध ठोस अबस्थाको सुन रहेको छ । उक्त सुनको मुल्य  रु ८३ लाख ३९ हजार रहेको छ । 

अन्य दुई जना पनि अवैध सुनसहित पक्राउ 

अन्य दुई जनालाई पनि प्रहरीले अबैध सुन र आइफोनसहित पक्राउ गरेको छ । ढकालका अनुसार पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका १० का ३२ वर्षीय सुनिलकुमार शाह र मकवानपुर मनहरीका २८ वर्षीय नवराज परियार छन् ।

शाह र परियार भने दुबइबाट हिमालयन एयरमार्फत नेपाल आउँदै थिए । शाहबाट चार थान आइफोन तथा ५० ग्रामको सुनको औँठी र सिक्री बरामद गरिएको छ । यस्तै परियारबाट आइफोन एक थान र सुनको बेरुवा औँठी दुई थान बरामद भएको छ ।

उनीहरुबाट झण्डै एक करोड बराबरको एक किलो १५५ ग्राम सुन तथा पाँच वटा आइफोन बरामद गरिएको छ 

पक्राउ परेका तीनै जनालाई बरामद सामग्रीसहित विहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ । उनीहरुबाट झण्डै एक करोड बराबरको एक किलो १५५ ग्राम सुन तथा पाँच वटा आइफोन बरामद गरिएको छ ।