६ जेठ, २०८१ आइतबार

04:14:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नगरपालिका बाटो खन्छ, युवाले पुर्छन (इलामको विकास राजनीति)

२० माघ, २०७८

नगरपालिका बाटो खन्छ, युवाले पुर्छन (इलामको विकास राजनीति)

इलाम । 
इलामको कन्याममा सार्वजनिक जग्गा मासेर खनिएको सडक बन्द गरिएको छ । नेपाल चिया विकास निगमको जग्गा अतिक्रमण गरेर निजी जग्गामा जाने बाटो खनिएपछि सूर्योदयको युवाले सडक पुरेर बन्द गरेका हुन् ।

 ऐतिहासिक चिया बगान मासिएको भन्दै युवाले सडक पुर्न मागसहित नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

सडक खनेपछि आन्दोलित युवाहरुले केही दिनअघि सडक पुर्नुपर्ने मागसहित सूर्योदय नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । व्यक्तिगत प्रयोजनका लागि सरकारी जग्गामा रहेको ऐतिहासिक चिया बगान मासिएको भन्दै युवाले सडक पुर्न मागसहित नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
सूर्योदय नगरपालिका–७ को कन्याममा केही दिनअघि निजी जमिनमा जाने सडक खन्दा चिया निगमको केही जमिन समेत अतिक्रमण भएको थियो । अतिक्रमण गरेर सडक निर्माण गरिएको भन्दै स्थानीय युवाले गत माघ ११ गते नगर प्रमुख रणबहादुर राईको ध्यानाकर्षण गराएको स्थानीयवासी युवराज बस्नेतले बताउनुभयो । 


कन्याम चिया बगानका व्यवस्थापक सचिन सुब्बाको नेतृत्वमा सूर्योदयका करिब ५० युवाले जेसिबी प्रयोग गरे सडक बन्द गराएका हुन् । कन्याम चिया बगानका व्यवस्थापक सुब्बाले आफूहरुलाई कुनै जानकारी नदिइ सडक निर्माण गरिएकाले सडक बन्द गरिएको बताउनुभयो । सडक खन्न थालेपछि एक पटक आफूहरुले बार लगाएर रोक्दा पनि राति जेसिभी प्रयोग गरेर सडक निर्माण गरेको उहाँको भनाइ छ । सडकको १५ मिटर कटाउदासमेत करिब १२ फुट जमिनमा ६ मिटरको सडक खन्दा बगानको जमिन अतिक्रमण भएको स्थानीय युवा शरण फागोको भनाइ छ ।

उहाँहरुले सूर्योदय नगरपालिका–६ का वडाध्यक्ष शिवकुमार बस्नेतले पेलेर बाटो खनाएको आरोप लगाउँदै आउनुभएको छ । यता वडा नं ६ का वडाध्यक्ष शिवकुमार बस्नेत व्यक्तिको जमिनमा जाने बाटो स्वयम् जग्गा धनीले खनेकाले आफनो कुनै संलग्नता नरहेको बताउँदै आउनुभएको छ । सानो सडक रहेकाले तत्लो गुप्ती गाउँ जाने सडकसमेत आवश्यक भएकाले बढाइएको बताइएको छ । स्थानीयवासीले सबै बगानको जमिन मिचिएका संरचना हटाउनुपर्ने माग गर्न थालेका छन् । 
विसं २०५७ मा अर्थ मन्त्रालयको निजीकरण शाखाले ५० वर्षका लागि कन्यामसहित इलाम र झापाका ७ वटा चिया बगान भारतको सङ्घाई समूहलाई भाडामा दिएको छ । रासस