६ जेठ, २०८१ आइतबार

05:26:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्थानीय तहको निर्वाचन मिति तोक्न अनेरास्ववियुद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

२० माघ, २०७८

स्थानीय तहको निर्वाचन मिति तोक्न अनेरास्ववियुद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं
 स्थानीय तहको निर्वाचनको मिति तोक्न प्रमुख प्रतिपक्षी दल एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०ले  प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनीता बराल नेतृत्वको टोलीले कान्तिपथस्थित निर्वाचन कार्यालयबाट मार्चपाससहित बालुवाटार पुगि स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकर्षण गराएको हो । अनेरास्ववियुको टोलीले प्रधानमन्त्री कार्यलय कन्ट्रोलका उपसचिव जनकराज भट्टलाई पत्रमार्फत स्थानीय तहको निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।