२२ माघ, २०८१ मंगलबार
06:32:30 AM
२० माघ, २०७८
सोलुखुम्बु
हातहतियार तथा खरखजनासम्बन्धी कसुरका लागि अनुसन्धानमा मुद्दा परेका नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका ७ का वडा सभापति मिलनकुमार राई पक्राउ पर्नुभएको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी दिएपछि राईलाई उहाँको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ ।