६ जेठ, २०८१ आइतबार

02:59:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

Nepal Business

२० माघ, २०७८

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

गलकोट

नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १ ले र ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको हो । एक महिनादेखि आर्थिक संकलन अभियानमा जुटेकामा अहिलेसम्म २० लाख रुपैयाँ संकलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँले व्यवस्थित कार्यालय, दक्ष कर्मचारी व्यवस्थापन, प्रत्येक सदस्यको अभिलेखीकरण, समाजिक सञ्जालमा अपडेट, नियमित बुलेटिन प्रकाशन, इतिहासको खोजी, भविष्यको परिकल्पना, प्रभावकारी सञ्चार, प्रशिक्षण कार्यक्रम सञ्चालन, जनता र विकास जोड्ने अभियान सञ्चालन, भातृ तथा शुभेच्छुक र पार्टीका सबै तहसँग नियमित सम्पर्क तथा समन्वय र सहकार्यका लागि अक्षकोष स्थापना गर्न थालेको शर्माले बताउनुभयो ।

रासस