६ जेठ, २०८१ आइतबार

05:19:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१४ प्रजिअसँग गृहमन्त्रीको फोन...

Nepal Business

२० माघ, २०७८

१४ प्रजिअसँग गृहमन्त्रीको फोन...

काठमाडौँ, २० माघ । गृहमन्त्री बालकृष्ण खाणले विभिन्न विषयमा १४ प्रमुख जिल्ला अधिकारीसँग फोनमार्फत जिल्लाको सुव्यावस्थाबारे जानकारी लिनुभएको छ । गृहमन्त्री खाणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरी जानकारी लिनुभएको हो । 

गृहमन्त्री खाणले प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कट्वाल (बारा), ध्रमेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही) सँग टेलिफोन वार्ता गर्नुभयो । 
त्यसैगरी चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हिरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर)सँग टेलिफोन वार्ता गर्नुभयो । त्यसैगरी नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग पनि कुराकानी गर्नुभयो ।  

गृहमन्त्री खाणले प्रजिअहरूसँग जिल्लामा कोभिड–१९ संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ संक्रमण, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको संख्या पुग अपुग के छ ? पठाउनु पर्छ कि पर्दैन ? जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन ? भनेर जानकारी लिनुभएको हो ।

 नवलपरासी पूर्वका सहायक प्रजिअ बरालले गृहमन्त्रीले टेलिफोन गर्दा काम गर्दा सतर्कता अपनाउन र राम्रो काम गर्न ‘मोटिभेसन’ हुने बताउनु भयो । ‘गृहमन्त्रीज्यूले जिल्लाको बस्तुस्थितिबारे जानकारी लिनुभयो,’ सहायक प्रजिअ बरालले भन्नुभयो, ‘मन्त्रीज्यूले टेलिफोन गरेर यसरी जानकारी लिँदा काम गर्दा सर्तकता अपनाउन र राम्रो काम गर्न मोटिभेसन हुन्छ ।’ 
कञ्चनपुरका प्रजिअ पाण्डेले गहृमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्यांकबारे जतिबेला पनि जानकारी राख्न सर्तक रहन सिकाएको बताउनु भयो । ‘सामान्यतया आन्तरिक विषयबस्तुमा महत्वपूण घटना नभई अन्य गहृमन्त्रीज्यूहरूले टेलिफोन गरेको जानकारी थिएन ।

अहिले मन्त्रीज्यूले टेलिफोन गर्दा काम गर्न जोस, जागर र सर्तक रहन सिकाएको छ ।’ पर्साका प्रजिअ ढकालले गृहमन्त्री आफैले टेलिफोन गर्दा काम गर्ने हौसला प्रदान गर्ने बताउनु भयो ।