४ जेठ, २०८१ शुक्रबार

10:54:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चोरी गरेर भाग्दाभाग्दै...

Nepal Business

१९ माघ, २०७८

चोरी गरेर भाग्दाभाग्दै...

१९ माघ । पर्साको वीरगंज महानगरपालिका १५ भिष्वा चोकमा पर्किङ गरी राखेको प्रदेश २-०३-०१२ प ५८६ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा सोही महानगरपालिका २ बस्ने २० वर्षीय मोहमद अलीलाई  प्रहरीले पक्राउ गरेको छ ।

बारा फेटा गाउँपालिका(३ बस्ने ३१ वर्षीय नरेश प्रसाद साहको उक्त मोटरसाइकल पार्किङ गरी राखेकोमा अलीले लक तोडी भाग्दै गरेको अवस्थामा प्रहरी चौकी भिष्वाडाडाँबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनी उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।