२५ बैशाख, २०८१ मंगलबार

12:26:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतले नेपाललाई सात सय ५० अर्ब भारतीय रुपैयाँ विकास सहायता अनुदान दिने

१९ माघ, २०७८

आर्थिक वर्ष २०२१/२२ को बजेटमा अन्य मुलुकको विकास अनुदानमा ७ हजार १ सय ४८ करोड भारतीय रुपैयाँ विनियोजन गरिएको थियो भने आगामी आर्थिक वर्षका लागी ६ हजार २ सय ९२ करोड भारतीय रुपैयाँ छुट्याएको छ ।

भारतले नेपाललाई सात सय ५० अर्ब भारतीय रुपैयाँ विकास सहायता अनुदान दिने

काठमाडौँ । भारतले नेपाललाई आर्थिक वर्ष २०२२/२०२३ मा सात सय ५० अर्ब भारतीय रुपैयाँ विकास सहायता अनुदान दिने भएको छ ।

मंगलबार भएको बजेट प्रस्तुतमा भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२२/२०२३ मा नेपाललाई सात सय ५० अर्ब बजेट विनियोजन गरेको बताएकी छन् ।  गत वर्षको तुलनामा भारतले अन्य मुलुकहरुलाई दिने सहयोग अनुदान यस आर्थिक वर्षमा घटेको छ ।

आर्थिक वर्ष २०२१/२२ को बजेटमा अन्य मुलुकको विकास अनुदानमा ७ हजार १ सय ४८ करोड भारतीय रुपैयाँ विनियोजन गरिएको थियो भने आगामी आर्थिक वर्षका लागी ६ हजार २ सय ९२ करोड भारतीय रुपैयाँ छुट्याएको छ ।

भारतले भुटान, अफगानिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, म्यान्मार, मंगोलिया, मोरिसस, स्याचेल्स, युरोसियन, लेटिन अमेरिकन र अन्य विकासशील मुलुकका लागि विकास सहायता बजेट छुट्याउने गरेको छ ।

भारतबाट धेरै अनुदान पाउने मुुलुकको सूचीमा भुटान पहिलो स्थानमा छ भने नेपाल तेस्रो स्थानमा रहेको छ ।