२५ बैशाख, २०८१ मंगलबार

01:20:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अटोमोबाइल्स कम्पनीले जनवरीमा कति गाडी बेचे ?

१९ माघ, २०७८

टाटा मोटर्सका लागि नयाँ वर्षको पहिलो महिना सकरात्मक देखिएको छ । टाटाले नयाँ वर्ष (२०२२) जनवरीमा आन्तरिक बजारका २६ प्रतिशत (७२ हजार ४ सय ८५ युनिट) गाडी विक्रि गरेको छ । गतवर्षको सोही महिनामा कम्पनीले ५९ हजार ८ सय ६६ युनिट गाडी विक्रि गरेको थियो ।

अटोमोबाइल्स कम्पनीले जनवरीमा कति गाडी बेचे ?

भारतका गाडी (कार) बनाउने कम्पनीहरुका लागि नयाँ सालको पहिलो महिना (जनवरी) नै निराशाको महिना बनेको छ । भारतीय सञ्चार माध्यमका अनुसार मारुती, होन्डा, टोयटा जस्ता कम्पनीहरुको गाडीको विक्रिमा गिरावट आएको छ । 

तर टाटा मोटर्सका लागि नयाँ वर्षको पहिलो महिना सकरात्मक देखिएको छ । टाटाले नयाँ वर्ष (२०२२) जनवरीमा आन्तरिक बजारका २६ प्रतिशत (७२ हजार ४ सय ८५ युनिट) गाडी विक्रि गरेको छ । गतवर्षको सोही महिनामा कम्पनीले ५९ हजार ८ सय ६६ युनिट गाडी विक्रि गरेको थियो । 

यस्तै विद्युतीय गाडीबाट टाटाले यहि जनवरीमा ५ गुणाको व्यापार गरेको छ । यस महिना कम्पनीले २ हजार ८ सय ९२ युनिट विद्युतीय गाडी विक्रि गरेको छ भने गत वर्षको सोही महिनामा ५ सय १४ गाडी मात्र बेचेको थियो । टप म्यानुफ्याक्चरिङ कम्पनीहरुको दोस्रो स्थानमा टाटा कम्पनी छ ।

यस्तै महिन्द्राले नयाँ वर्षको पहिलो महिना जनवरीमा ५८ प्रतिशत कर्मसियल गाडी बेचेको छ । सोही महिनामा ४६ हजार ८०४ अटो, १९ हजार ८ सय ४८ युटिलिटी भेइकल सेगमेन्ट, १९ हजार ९ सय ६४ प्यासेन्जर भेइकल आन्तरिक बजारमा विक्रि गरेको छ भने २ हजार ८ सय ६१ बाह्य बजारमा पठाएको छ । 

यसैगरी हुन्डाई मोटर इन्डियाको विक्रि ११.११ प्रतिशतले घटेको छ । कम्पनीले पहिलो महिनामा ५३ हजार ४ सय २७ युनिटस् विक्रि गरेको छ । गत वर्ष सोही महिनामा कम्पनीले ६० हजार १०५ गाडी विक्रि गरेको थियो । टोयटा कम्पनीले आन्तरिक बजारमा ७ हजार ३ सय २८ गाडी विक्रि गरेको छ भने एमजी मोटर्स १९.५४ प्रतिशतले उकालो लागेको छ । होन्डा गाडीको विक्रि ७.८८ प्रतिशतले घटेको छ ।