२२ माघ, २०८१ मंगलबार
06:30:07 AM
१९ माघ, २०७८
काठमाडौं
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोना संक्मणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।