२३ बैशाख, २०८१ आइतबार

05:50:47 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्वविद्यालयले कोदोको मदिरालाई ब्रान्डिङ गर्ने

१९ माघ, २०७८

 विश्वविद्यालयले कोदोको मदिरालाई ब्रान्डिङ गर्ने

गण्डकी

गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो । 

पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी दिनुभयो ।

ब्राण्डिङ र गुणस्तर मापनको अभावमा घरेलु मदिरा उत्पादनमा प्रतिबन्द तथा उत्पादित मदिरासमेत खेर जाने गरेको छ । आफ्नै देशमा बनेको कोदोको शुद्ध मदिरालाई नष्ट गर्ने विदेशी मदिराचाँही रमाइरमाई खाने प्रचलनलाई रोक्न पनि यसले मद्धत गर्नेछ । 

विदेशी मदिरा आयातमा वृद्धि भइरहेको अवस्थामा यसलाई प्रतिस्थापन गरी स्वरोजगार सिर्जना गर्न र प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजान ब्राण्डिङको अवधारणा अघि सारिएको हो । यसले वर्षमा अर्बौको विदेशी ब्राण्डको मदिरालाई केहीमात्रामा प्रतिस्थापन गर्न सहयोग मिल्ने तिमल्सिनाले बताउनु भयो । 

गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्ययोजना अनुरुप कोदोको रक्सीलाई ब्राण्डिङ गर्न थालिएको रजिष्ट्रार तिमिल्सिनाले बताउनुभयो । गण्डकी प्रदेशमा कोदोको खेती र उत्पादन बढी हुने र घरेलु मदिरासमेत बढी मात्रामा उत्पादन हुँदै आएको छ ।