२२ माघ, २०८१ मंगलबार
06:26:13 AM
१९ माघ, २०७८
ललितपुर
ललितपुर महानगरपालिकाले चारवटा रुटमा सिसिटिभी क्यामेरा गर्ने भएको छ । महानगरपालिकाले स्मार्ट सडक बत्ती जडान भएका चारवटा रुटमा सिसिटिभी क्यामेरा जडान गर्न लागेको हो । अहिलेस्म बाग्मती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकिएको महानगरपालिकाले जनाएको छ ।
महानगरका अनुसार दोस्रो चरणअन्तर्गत चक्रपथ बाहिरका सुनाकोठी, बङमती,खोकना, हरिसिद्धी र धापाखेलमापनि स्मार्ट सडक बत्ती जडानको काम सुरु हुँदैछ । त्यस्तै ललितपुर महानगरभित्रका चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडानको तयारी भइरहेको महानगरपालिकाले जनाएको छ । स्मार्ट सडक बत्ती र सिसिटिभी क्यामेरा जडानलाई महानगरपालिकाले सँगसँगै अघि बढाउनेछ ।