६ जेठ, २०८१ आइतबार

05:39:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्रीको विज्ञमा गजुरेल नियुक्त

Nepal Business

१९ माघ, २०७८

प्रधानमन्त्रीको विज्ञमा गजुरेल नियुक्त

काठमाण्डौं

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

त्रिभूवन विश्वविद्यालयबाट  राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय हुनुहुन्छ । उहाँका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् ।

यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहनुभएका गजुरेलले नेपाली कांग्रेसको १३ औँ र १४ औँ महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गर्नुभएको थियो ।