२२ माघ, २०८१ मंगलबार
06:37:42 AM
१९ माघ, २०७८
आइतबारबाट खुल्ने
नेपाल विजनेश समाचारदाता,
१९ माघ । पश्चिम नेपालबाट बुधबाररातिदेखि पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्दै छ ।
जसको प्रभावले बिहिबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं १ मा आँशिक देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग हावापानी केन्द्रले जनाइएको छ ।
केन्द्रले बुधबार विशेष बुलेटिन निकालेर शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने र शनिवार देशभरी आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ ।
गणितिय मौसम पुर्वानुमानको मोडल अनुसार विहीवार बिहान ८ंः४५ बजेदेखि शुक्रवार विहान ८:४५ बजे सम्मको वर्षाको पूर्वानुमान निम्नानुसार छ
यस प्रणालीको प्रभावले बिहिबार सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ ।
शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङरअसिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ
शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहनुको साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ ।
यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।