२६ बैशाख, २०८१ बुधबार

08:34:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतको बजेट : प्रधानमन्त्री आवासअन्तरगत ८० लाख घर बनाइने

Nepal Business

१८ माघ, २०७८

भारतको बजेट :  प्रधानमन्त्री आवासअन्तरगत ८० लाख घर बनाइने

१८ माघ । भारतमा प्रधानमन्त्री आवास योजना अन्तर्गत नयाँ आर्थिक वर्षमा ८० लाख घर बनाइने घोषणा गरिएको छ ।

ती घर निर्माणका लागि अर्थमन्त्री सितारमणले ४८ हजार करोड बजेट छुट्याएको छ

अर्थमन्त्री निर्मला सितारमणले मंगलबार प्रस्तुत गरेको नयाँ आर्थिक बर्षको बजेटमा ८० लाख घर बनाइने उल्लेख गरिएको हो । 

प्रधानमन्त्री आवास योजनाका लक्षित व्यक्तिहरुको पहिचान गरी उनीहरु लाभान्वित हुनेगरी घर हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो । यस्ता घर ग्रामिण तथा सहरी दुवै क्षेत्रमा निर्माण गरिने बजेट भाषणमा उल्लेख छ ।

ती घर निर्माणका लागि अर्थमन्त्री सितारमणले ४८ हजार करोड बजेट छुट्याएको जानकारी दिनुभयो ।