२५ बैशाख, २०८१ मंगलबार

07:18:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतमा एक घण्टा ३१ मिनेटको बजेट भाषण‚ खास के छ बजेटमा ?

Nepal Business

१८ माघ, २०७८

भारतमा एक घण्टा ३१ मिनेटको बजेट भाषण‚ खास के छ बजेटमा  ?

नयाँदिल्ली‚ १८ माघ । भारतमा अर्थमन्त्री निर्मला सितारमणले सन् २०१९ पछिकै सबैभन्दा छोटो बजेट भाषण गर्नु भएको छ । मंगलबार संघीय संसद्‌मा गरिएको बजेट भाषण एक घण्टा ३१ मिनेटको रहेको थियो ।

सार्वजनिक गरिएका योजना तथा कार्यक्रमहरूबाट भारतको अर्थतन्त्र बलियो हुने र आगामी २५ वर्षका लागि आधार तय हुने उहाँले दावी 

जबकी अघिल्लो वर्षको बजेट भाषण एक घण्टा ४८ मिनेटको रहेको थियो । त्यसैगरी सन् २०२० को बजेट भाषण भने दुई घण्टा ४० मिनेटको रहेको थियो । 

अर्थमन्त्री सितारमणले लोकसभामा मंगलबार सन् २०२२/२३ को बजेट भाषण प्रस्तुत गर्दै विभिन्न योजना तथा कार्यक्रमहरू सार्वजनिक गर्नु भएको छ ।  सार्वजनिक गरिएका योजना तथा कार्यक्रमहरूबाट भारतको अर्थतन्त्र बलियो हुने र आगामी २५ वर्षका लागि आधार तय हुने उहाँले दावी गर्नुभएको छ ।

अर्थमन्त्री सितारमणले आगामी चुनौतीहरू सामना गर्न भारत सक्षम अवस्थामा रहेको पनि बजेट भाषणका क्रममा उल्लेख गर्नुभयो । भारतले सार्वजनिक लगानी बढाउदै आधुनिक भौतिक संरचनाहरू निर्माणका लागि कार्यक्रमहरू केन्द्रित गरेको उहाँको भनाई थियो । 

आगामी वर्षका लागि बजेटको अर्को मुख्य प्राथमिकताको क्षेत्र “प्रधानमन्त्री गति शक्ति” कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो ।

बजेट प्रस्तावमाथिको पहिलो चरणको छलफल आगामी फेब्रअरी ११ सम्म गर्ने र दोस्रो चरणको छलफल मार्च १४ देखि अप्रिल ८ सम्म गर्ने

गति शक्ति कार्यक्रम अन्तर्गत सडक‚ रेलमार्ग‚ विमानस्थल‚ बन्दरगाह‚ ढुवानी मार्ग‚ जलमार्ग लगायतको विकास‚ निर्माण र स्तरोन्नति गर्ने योजनाहरू समावेश गरिएको छ ।

भारतको संघीय सरकारको मन्त्रिपरिषद्ले मंगलबार नै बजेट प्रस्ताव पारित गर्दै संघीय संसद्‍मा पेश गर्ने निर्णय गरेको थियो ।  बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्री सितारमणले राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नु भएको थियो । प्रस्तुत बजेटका बारेमा सरोकारवाला तथा विज्ञहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । 

बजेट प्रस्तावमाथिको पहिलो चरणको छलफल आगामी फेब्रअरी ११ सम्म गर्ने र दोस्रो चरणको छलफल मार्च १४ देखि अप्रिल ८ सम्म गर्ने तालिका बनाइएको संसद् सचिवालयले जनाएको छ ।