४ जेठ, २०८१ शुक्रबार

10:54:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यी हुन् मोटो रकम लिएर मान्छे बेच्ने दलाल, बहराइनमा पटकपटक बेचिइन् चेली

Nepal Business

१८ माघ, २०७८

यी हुन् मोटो रकम लिएर मान्छे बेच्ने दलाल, बहराइनमा पटकपटक बेचिइन् चेली

नेपाल विजनेश समाचारदाता, 

१८ माघ ।  अस्पतालको काममा लगाइदिने भनी स्वयं पीडितबाट समेत ५० हजार लिई दलालहरुबाट समेत मोटो रकम लिएर बहराइनमा मानिस विक्री भएको पाइएको छ । 

 यसरी महिला बिक्री गरेको आरोपमा खोटाङ घर भइ हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ५२ वर्ष चन्द्रबहादुर भन्ने चन्द्रदीप राई रहेका छन् । 

प्रहरीको मानव वेचविखन अनुसन्धान व्यूरोका अनुसार एउटा काममा लगाइदिने भनी महिलालाइ प्रलोभनमा पारी मोटो रकम लिएर बहराइनमा मानिस बेच्ने ति व्यक्ति दुई दशकपछि पक्राउ पर्न सफल भएका छन् । यसरी महिला बिक्री गरेको आरोपमा खोटाङ घर भइ हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ५२ वर्ष चन्द्रबहादुर भन्ने चन्द्रदीप राई रहेका छन् । 

उनले विसं २०५८ साल माघ ११ गते प्रलोभनमा पारी एक महिलालाई बहराइनमा विक्री गरेका थिए । शुरुमा उनलाई अस्पतालमा विरामीको स्वाहार सुसार गर्ने काममा पठाइदिने भनी लोभमा फराए । 

तल्काल भिसा आइसकेकाले नजाने भए अरुलाई दिन्छु भनेर उक्साहटमा पारी उनले रु ५० हजार लिएर विमानस्थलबाट उनलाई बहराइन पठाएका थिए । मानव बेचबिखन अनुुसन्धान व्यूरोका अनुसार बहराइन पुगेपछि मात्रै ति महिला छाँगाबाट खसे जस्तै भइन् । किन की अस्पतालमा काम का लागि नभइ आफूलाई विक्री गरिएको थाहा पाइन् । उनले त्यो कुरा थाहा पाउँदा विक्री भइसकेकी थिइन् भने अरुकै नियन्त्रणमा समेत थिइन् ।  

हुब्बेल म्यानपावर एजेन्सिका प्रतिनिधिले बहराइका महिलाबाट रु ५०० दिनार लिइ राहदानी जफत गरी घरायसी कामका लागि बिक्री गरेका थिए । केही महिनापछि पुन महिलालाई अर्काे घरमा ५०० दिराममा विक्री गरिएको पीडित महिलाले बताएकी छिन् 

त्यहाँको हुब्बेल म्यानपावर एजेन्सिका प्रतिनिधिले बहराइका महिलाबाट रु ५०० दिनार लिइ राहदानी जफत गरी घरायसी कामका लागि बिक्री गरेका थिए ।  घरमा समेत सम्पर्क गर्न नदिइ मानसिक र शारीरिक याताना दिएको खुल्न आएको छ । केही महिनापछि पुन महिलालाई अर्काे घरमा ५०० दिराममा विक्री गरिएको पीडित महिलाले बताएकी छिन् । 

एक जना विदेशी नागरिकको सहयोगमा उनको अबस्था बारे नेपालमा खबर आइपछि श्रीमानले खोजी गरेका थिए । श्रीमान र साउदी अरवस्थित नेपाली राजदुतावासको सहयोगमा प्रहरीले २०५९ साउन ५ गते उनलाई उद्धार गरेको थियो । त्यसपछि जाहेरी परेकोमा पीडकलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।

सोमबारको काठाडौँ जिलल अदालतको आदेशले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको व्यूरोका प्रवक्ता प्रहरी परीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।