२२ माघ, २०८१ मंगलबार
06:30:37 AM
१८ माघ, २०७८
काठमाण्डौं
गत शुक्रबार प्रेश काउन्सिलको बोर्ड बैठकले आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ को पत्रपत्रिका वितरण सम्परीक्षण समितिको प्रतिवेदनको आधारमा पत्रपत्रिकालाई वर्गिकरणको गरेको छ । प्रेश काउन्सिलले वर्गिकरण गरेको आधारमा प्रतिवर्ष सूचना विभागले पत्रपत्रिकालाई करोडौं रुपैयाँ बाँड्दै आएको छ ।
छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धि मापदण्ड अनुसार सूचना विभागले यो रकम बाँड्दै आइरहेको हो । यसैको आधारमा पत्रपत्रिकालाई (क), (ख), (ग) र (घ) गरी ४ वर्गमा वर्गिकरण गरेको छ ।