२४ बैशाख, २०८१ सोमबार

05:45:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धार्चुला र दार्चुला जोड्ने पुल निर्माणका लागि नेपाल–भारत सरकारबीच सम्झौता

१८ माघ, २०७८

धार्चुला र दार्चुला जोड्ने पुल निर्माणका लागि नेपाल–भारत सरकारबीच सम्झौता

काठमाण्डौं

भारतको धार्चुला र नेपालको दार्चुलाको महाकाली नदीमा पुल निर्माणका लागि नेपाल–भारत सरकारबीच सम्झौता भएको छ । मंगलबार भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव र नेपालका लागी भारतीय राजदुत विनय मोहन क्वात्राबीच धार्चुला (भारत) र दार्चुला (नेपाल) को महाकाली नदीमा पुल निर्माणको लागि भारत सरकार र नेपाल सरकारबिच सम्झौता भएको हो । 

यस सम्झौताले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने मन्त्री यादवले बताउनुभयो । साथै दुई  देशका जनताबीच धार्मिक ,सांस्कृतिक, व्यापारिक सम्बन्ध पनि मजबुद हुने उँहाले बताउनुभयो । 
यस अघि नै भारत सरकारले दार्चुला र धार्चुला जोड्ने पुल निर्माणका लागि निर्णय गरिसकेको थियो। नेपाल सरकारले पनि गत पुस तेस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सम्झौता गर्ने जिम्मा दिइसकेको थिायो । 

मन्त्रालयका अनुसार अहिले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको चरणमा छ। डीपीआर तयार पारेको करिब ३ वर्षमा पुल निर्माण सक्ने योजना छ। पुल बनाउन ४० देखि ४२ करोड रुपैयाँ लाग्ने अनुमान मन्त्रालयको छ।