२२ माघ, २०८१ मंगलबार
06:34:06 AM
१८ माघ, २०७८
काठमाण्डौं
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म घलेम्दी हाइड्रो लिमिटेडले २० लाखभन्दा बढी खुद नाफा कमाएकोे छ । गत वर्ष ९६ लाख ७२ हजार खुद नोक्सानीमा रहेको कम्पनीले यो वर्ष भने खुद नाफा गर्न सफल भएको हो । विद्युत विक्री आम्दानी १२.६६ प्रतिशत कम भएको कम्पनीले बीमा दाबीबाट १ करोड ५० लाख आम्दानी गरेकाले कुल आम्दानी बढ्न गई नाफा गर्न सफल भएको हो ।
गत वर्ष १ करोड ८८ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यो वर्ष ३ करोड १४ लाख ८४ हजार कुल आम्दानी गरेको हो । गत वर्षभन्दा यो वर्ष कम्पनीको कुल आम्दानी ६६.८१ प्रतिशत बढेको हो । कुल खर्च भने ३.२६ प्रतिशत बढी २ करोड ९४ लाखभन्दा बढी भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी ५५ करोड रहेको छ । जगेडा कोषको रकममा भने यस वर्ष सुधारिएको छ । गत वर्ष यो अवधिसम्म ३४ लाखभन्दा बढी ऋणात्मक रहेको कम्पनीको बचत कोष रकम यो वर्ष १५ लाखभन्दा बढी कायम भएको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ०.३७ र प्रतिशेयर नेटवर्थ १००.२८ रहेको छ ।