२२ माघ, २०८१ मंगलबार
06:35:55 AM
१८ माघ, २०७८
काठमाण्डौं
नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएकोमा मंगलबार तोलामा एक सयले बढेको हो । सोमबार सुनको मूल्य तोलामा चार सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कारोबार भइरहेको छ, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।
मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२४० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कारोबार भइरहेको महासंघले जनाएको छ ।