२२ माघ, २०८१ मंगलबार
07:42:05 AM
१७ माघ, २०७८
नेपाल विजनेश समाचारदाता,
१७ माघ : नेपाल प्रहरीले पछिल्लो केही समय अनलाईन् जुवा खेल्ने/खेलाउने विरुद्ध अपरेशन चलाइरहेको छ । सोही शिलशिलामा केही अघि एउटा सूचना आयो, काठमाडौँको बौद्धमा एक हुल जम्मा भएर अनलाईन् जुवा खेलिरहेका छन् ।
आइतबार साँझ प्रहरीले जुवाडेको हुल नै फेला पारे । काठमाडौँको बौद्धस्थित प्लटिङ नजिकको एक रेष्टुरेन्टमा जुवा (विङ्गो) खेल्दै गरेका ६६ जना फेला पारे । एकै ठाउँमा यती धेरै जुवाडे फेला पारेको पछिल्लो समयको यो पहिलो हो ।
त्यसपछि महानगरीय प्रहरी परिसर र बौद्ध प्रहरीले एक अपरेशन शुरु गरे । मुख्यगरी उनीहरुले एउटा टेष्टुरेन्टमा जम्मा भइ उक्त कार्य गरेको पत्ता लागेपछि प्रहरीले रेष्टुरेन्ट घेरा हालेका थिए ।
आइतबार साँझ प्रहरीले जुवाडेको हुल नै फेला पारे । काठमाडौँको बौद्धस्थित प्लटिङ नजिकको एक रेष्टुरेन्टमा जुवा (विङ्गो) खेल्दै गरेका ७४ जना फेला पारे । एकै ठाउँमा यती धेरै जुवाडे फेला पारेको पछिल्लो समयको यो पहिलो हो ।
उक्त रेष्टुरेन्ट दोलखा घर भई हाल बानेश्वर बस्ने वर्ष ३० को सुभाष घिसिङले सञ्चालन गरेका थिए ।
प्रहरीले उक्त खेलमा प्रयोग गरिने सामाग्री मोबाइल, बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकराी दिनुभयो । उनीहरुको साथबाट रु ६ ६० हजार बढी रकम बरामद गरिएको छ ।
उनीहरुमाथि बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूर अन्तर्गत उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।