६ जेठ, २०८१ आइतबार

10:51:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१२ जिल्लाका प्रहरी प्रमुखलाई गृहमन्त्रीको फोन

Nepal Business

१७ माघ, २०७८

१२ जिल्लाका प्रहरी प्रमुखलाई गृहमन्त्रीको फोन

काठमाडौँ ।

गृहमन्त्री बालकृष्ण खाँणले १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन्गर्नुभएको छ । जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोरोना संक्रमणको प्रभाव र प्रहरीको रासनबारे बुझ्न टेलिफोन वार्ता गर्नुभएको गृह मन्त्रालय स्रोतले जनाएको छ । 
गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेर जिल्लाको अवस्थाबारे जानकारी लिनुभएको हो । मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोरोना संक्रमणको प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ताका बारेमा जानकारी लिएको बताईएको छ ।