४ जेठ, २०८१ शुक्रबार

05:06:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अरुणभ्याली हाइड्रोपावरको नाफा साँढे ७ करोड

१७ माघ, २०७८

अरुणभ्याली हाइड्रोपावरको नाफा साँढे ७ करोड

काठमाण्डौं
पछिल्लो ६ महिनामा अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ४९ लाख भन्दाबढी खुद नाफा आर्जन गरेको छ । सोमवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षको भन्दा यो वर्ष कम्पनीको खुद नाफा १०.१० प्रतिशतले बढेको हो । 

गत वर्ष यो अवधिसम्म कम्पनीले ६ करोड ८० लाख रुपौयाँभन्दा बढी खुद नाफा गरेको थियो । यो  वर्ष कम्पनीको सञ्चालन नाफा १३.८६ प्रतिशत बृद्धि भएको छ । गत वर्ष ८ करोड ७९ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यो वर्ष १० करोड १ लाख रुपैयाँभन्दा बढी नाफा गरेको हो ।

गत वर्षभन्दा २.११ प्रतिशत बढी ४ करोड २ लाख रुपैयाँ विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीको कुल आम्दानी १७ प्रतिशत बढेको छ । गत वर्ष ९ करोड ५७ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यो वर्ष ११ करोड २१ लाख रुपैयाँभन्दा बढी गरेको हो ।

हकप्रद र बोनस शेयर मार्फत पूँजी बृद्धि गरी  १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँ पु¥याएको कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा ६.३३ प्रतिशत कम १३ करोड ५२ लाख रुपैयाँ कायम भएको छ ।