६ जेठ, २०८१ आइतबार

11:26:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

योगेश भट्टराईको नजरमा गठबन्धनको काम

Nepal Business

१७ माघ, २०७८

योगेश भट्टराईको नजरमा गठबन्धनको काम

काठमाडौं । 
नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेविरुद्धको सत्ता गठबन्धन मन्त्री थप्न र मन्त्रालय फुटाउन भएको प्रतिक्रिया दिनुभएको छ । आफ्नो सामाजिक सञ्जाल मार्फत भट्टराईले गठबन्धन स्वार्थ केन्द्रीत काममा मात्र लगेको बताउनुभएको छ । 
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै पूर्वमन्त्री भट्टराईले आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन र प्रदेशमा मन्त्रालय थपेर आर्थिक भार थप्न गठबन्धन बनेको आरोप लगाउनुभएको छ । 


भट्टराईले एमालेविरुद्धको गठबन्धन किन भन्दै प्रदेशमा मन्त्रालय फुटाउंदै, मन्त्रीको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन । आवधिक निर्वाचनलाई टार्दै स्वच्छाचारी शासन लम्ब्याउन भन्दै आफ्नो आधिकारीक फेसवुकमा लेख्नुभएको छ । 
पछिल्लोपटक प्रायः सबै प्रदेशमा मन्त्रालय फुटाएर सत्ता गठबन्धनमा भाग पुर्‍याउन १३ वटासम्म मन्त्रालय बनाइएको छ । यसैक्रममा प्रदेश १ मा पनि मन्त्रालय फुटाउने र मन्त्री थप्ने चर्चाकाबीच भट्टराईको यो प्रतिक्रिया आएको छ ।