२४ बैशाख, २०८१ सोमबार

10:29:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेलम्ची खानेपानीको काम अघि बढ्यो

Nepal Business

१६ माघ, २०७८

मेलम्ची खानेपानीको काम अघि बढ्यो

१६ माघ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनामा निर्माण कम्पनी बाँकी काम अघि बढाइसकेको बताउनुभएको छ ।

मन्त्रालयमा आयोजना भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले काठमाडौँमा मेलम्चीको पानी ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरिसकिएको बताउनुभयो । 

निर्माण कम्पनी अहिले निर्माणस्थलमा पुगेर काम गर्न थालिसकेको उहाँले जानकारी दिनुभयो । 

निर्माण कम्पनी अहिले निर्माणस्थलमा पुगेर काम गर्न थालिसकेको उहाँले जानकारी दिनुभयो । आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बाढी पहिराका कारण पहुँचमार्गसम्म पूर्णरूपमा क्षतिग्रस्त भएको उहाँले बताउनुभयो । सरकारले विसं साउन ११ गते सिन्धुपाल्चोक जिल्लालाई असोज मसान्त लागू हुनेगरी विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेकाले तत्कालीन समयमा केही गर्न सकिने अवस्था थिएन । 

आयोजनाको स्थलगत अवस्था, कानुनी तथा प्राविधिक रायसल्लाह तथा निर्माण कम्पनीसँगको वार्ता तथा प्रक्रियाका कारण निर्णयमा केही ढिलाई भएको मन्त्री चौधरीको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले काम अघि बढेकाले उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।” 

एसियाली विकास बैङ्क ९एडिबी० ले मेलम्चीमा आएको बाढी पहिराको क्षतिको विवरण, कारण र स्थायी समाधानका लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको मन्त्री चौधरीले बताउनुभयो । अध्ययन  सकिएर आएको प्रतिवेदनका आधारमा कार्ययोजना बनाइने उहाँको भनाइ छ । 

मेलम्चीको पानी उपत्यकामा वितरण गर्न चुस्त र दुरुस्त बनाउन मेलम्ची सहायक परियोजनाअन्तर्गत वितरणका लागि आवश्यक संरचना निर्माण भएको र अहिले परीक्षण भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्न्ुभयो, “वितरण प्रणालीको परीक्षण गर्न बाँकी रहेका ठाउँमा अहिले भइरहेको छ ।”