२२ माघ, २०८१ मंगलबार
07:26:21 AM
१६ माघ, २०७८
नेपाल विजनेश समाचारदाता,
१६ माघ । जाडो समयमा घर तथा शरीर तताउन हिटर, कोइलालगायतका विभिन्न प्रक्रिया अपनाउनु हुन्छ होला, तर थोरै सावधानी अपनाइएन भने तपाइको ज्यानै जान पनि सक्छ । त्यसैले विशेष ख्याल गर्नु जरुरी छ ।
महानगरीय प्रहरी परिसरले हालैका दिनहरुमा चिसो बढिरहेको हुँदा चिसोबाट जोगिन अपनाइने गरेको ‘हिटर, कोइलाबाली कोठा तातो बनाउने’ लगायतका कार्यबाट कोठाको सम्पूर्ण अक्जिसन नष्ट हुनको साथै कार्बन मोनोअक्साइड समेत बनि मानिसको ज्जयन जान सक्ने भएकलो विशेष ध्यान दिन अनुरोध गरेको छ ।
आइतबार सूचना जारी गरी प्रहरीले भनेको छ, यस्ता गतिविधिले कोठाभित्रको मानिसको सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने,निस्सासिएर बेहोस हुने र पछि थाहै नपाई दुःखद निधन हुने गरेको छ ।
सोही सन्दर्भमा प्रहरी परिसर देहायका बुँदा पालना गर्न अनुरोध गरेको छ