२२ माघ, २०८१ मंगलबार
07:47:31 AM
१६ माघ, २०७८
नेपाल विजनेश समाचारदाता,
१६ माघ । महानगरीय अपराध महााखाको टोलीले सञ्चालन गरेको ‘अपरेशन लिमा’ले एउटा ठुलो गिरोहका सञ्जाल पक्राउ गर्न सफल भएको छ ।
यसका मुख्य योजनाकार भने पर्सा घर भइ हाल काठमाडौँको कपन बस्ने वर्ष ३९ का सन्तोषचन्द्र बख्रेल रहेका छन् ।
उनीहरुबाट भन्सार छलेर ल्याइएको रु एक करोड ५० लाख मूल्यका मदिरासमेत बरामद गरिएको छ । उक्त गिरोह हुण्डी, लागूऔषध कारोबारमा पनि संलग्न भएको पाइएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले उक्त गिरोहका चार जना पक्राउ गरिएको जानकारी दिनुभयो ।
यसका मुख्य योजनाकार भने पर्सा घर भइ हाल काठमाडौँको कपन बस्ने वर्ष ३९ का सन्तोषचन्द्र बख्रेल रहेका छन् । उनका सहयोगीलाई केही अघि महानगरीय प्रहरी परिसरले रु ७० लाखसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोप पक्राउ गरेको थियो । बख्रेल लागूऔषध नियन्त्रण व्यूरोको खोजी सूचिमा पनि थिए ।
अन्य पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरीमनहरा नगरपाकिला बस्ने वर्ष ३० का शैलेश पन्त, पर्सा सुवर्णपुर घर भइ हाल काठाडौँको हाँडीगाउँ बस्ने २८ वर्षका रविन पाख्रिन र सर्लाही घर भइ हाल चावहिल बस्ने ३८ वर्षका नारायणप्रसाद घिमिरे छन् ।
खोजतलास र अनुसन्धानका क्रममा महानगरीय अपराध महाशाखाको टोलीले यही १४ गते उपत्यकाका रामकोट, बानेश्वर, कपनलगायतका विभिन्न स्थानहरूबाट २९६ कार्टुन मदिरा बदारम गरेको छ । यसको बजार मुल्य एक करोड ५० लाख रहेको छ
बख्रेलसमेतका व्यक्तिले महंगो मुल्यका मदिरा, रेड लेवल, व्ल्याक लेवल, अब्सुलुट भोड्का, चिभार रिगल भारतबाट चोरी पैठारी गरी नेपाल ल्याइ कारोबार गर्ने गरेका थिए । उनीहरुले यसरी पेशा बनाउन थालेको निक्कै भइसकेको थियो । उक्त सूचना प्राप्त भएपछि प्रहरीले लिकर गर्ने गरेको गिरोह भएकाले ‘अपरेशन लिमा’ नाम दिएर सूचना संकलन थालेको थियो ।
खोजतलास र अनुसन्धानका क्रममा महानगरीय अपराध महाशाखाको टोलीले यही १४ गते उपत्यकाका रामकोट, बानेश्वर, कपनलगायतका विभिन्न स्थानहरूबाट २९६ कार्टुन मदिरा बदारम गरेको हो । यसको बजार मुल्य एक करोड ५० लाख रहेको छ । मदिरासहित प्रारम्भिक अनुसन्धानपछि उनीरुहलाई आइतबार थप अनुसन्धान तथा कारवाहीको राजश्व अनुसन्धान विभाग पठाएको छ।
उनीहरुले रवि भन्ने भारतीय नागरिक र सन्तोषचन्द्र बख्रेलको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिरा बिक्री हुने गरेको अनुसन्धानमा गर्नै गरेका थिए । बख्रेलले तीन महिना अघि पहिलो पटक १६० कार्टुन, दोस्रो पटक २०० कार्टुन र तेस्रो पटक ३०० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र एब्सुलेट भोड्का ल्याई गैर कानूनी रुपमा विक्री गर्ने गरेका थिए ।
बख्रेलले बजारमा विक्री वितरण गर्न इन्फिनिटी लिक्योर, मुलपानीका संचालक शैलेश पन्तसँग मिलेर काम गर्दै आएका पाइएको छ ।
पक्राउ परेका नारायणप्रसाद घिमिरेले उक्त ब्राण्डका मदिरा डिउटी फ्रीको हो भनी ग्राहकलाई विश्वास दिलाई विक्री गर्दै आएका थिए । उक्त राजश्व छलीका मदिरा विशेषतः पाटी प्यालेसमा विक्री वितरण गर्ने पाइएको महाशाखाले जानकारी दिएको छ ।