४ जेठ, २०८१ शुक्रबार

04:28:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हराइरहेकी वृद्धा पाँचदिन पछि मृत फेला

Nepal Business

१६ माघ, २०७८

 हराइरहेकी वृद्धा पाँचदिन पछि मृत फेला

पाँचथर
पाँच दिनदेखि हराइरहेकी पाँचथरको फिदिम नगरपालिका–१ की एक वृद्धालाई मृत अवस्थामा फेला पारिएको छ ।

फिदिम नगरपालिका–१ चारखम्बेकी ६८ वर्षीया सुशीला तामाङ फिदिम नगरपालिका–२ तालखर्कको ठाडे खोल्सीमा मृत फेला पर्नु भएको हो । तामाङ माघ ११ गतदेखि हराइरहनु भएको थियो । खोजी गर्ने क्रममा आइतबार दिउँसो १२ः४० मा तामाङको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 
घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शवपरीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।