२५ बैशाख, २०८१ मंगलबार

12:23:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेलम्चीको पानी ल्याउन कार्ययोजना बनाएर काम भइरहेको छ– मन्त्री चौधरी

१६ माघ, २०७८

मेलम्चीको पानी ल्याउन कार्ययोजना बनाएर काम भइरहेको छ– मन्त्री चौधरी

काठमाण्डौं

खानेपानीमन्त्री उमाकान्त चौधरीले आगामी चैतको मसन्तसम्ममा मेलम्चीको पानी काठमाडौँ ल्याउन कार्ययोजना बनाएर काम भइरहेको बताउनुभएको छ । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु भएको तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘अहिले त्यहाँ १२ वटा स्काभेटर र २४ वटा टिपर प्रयोग गरी दैनिक कार्ययोजना बनाई अहोरात्र काम भइरहेको छ । प्रत्येक सात दिनमा समीक्षा र मूल्याङ्कनको व्यवस्थासमेत गरिएको छ ।’

अस्थायी रुपमै भए पनि पहिलेकै परिमाणमा दैनिक १७ लाख लिटर पानी निर्धारित समयमा काठमाण्डौं उपत्यकामा आउने विश्वास दिलाउँदै उहाँले एशियाली विकास बैंकको अध्ययन प्रतिवेदनका आधारमा  स्थायी संरचनालाई अघि बढाउने जानकारी दिनुुभयो । 

आयोजनाको बाँध र सुरुङको काम अहिले दु्रत गतिमा भइरहेको बताउँदै उहाँले वर्षायाममा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बाँध क्षेत्रमा पूर्वअनुमान चेतावनी संयन्त्र जडान गरिने जानकारी दिनुभयो । गत असार १ गते आएको बाढीले काठमाडौँ ल्याउने खानेपानीको बाँध र सुरुङमा क्षति पु¥याएको थियो ।