२४ बैशाख, २०८१ सोमबार

04:51:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेशनल हाइड्रोपावरले कमायो ८५ लाख ४९ हजार खुद नाफा

Nepal Business

१६ माघ, २०७८

नेशनल हाइड्रोपावरले कमायो ८५ लाख ४९ हजार खुद नाफा

काठमाण्डौं
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८५ लाख ४९ हजार खुदनाफा आर्जन गरेको छ । आइतवार सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिसम्मको कम्पनीको खुद नाफा यो वर्ष ३९.१८ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ४० लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो ।

यो वर्ष कम्पनीको आम्दानी करिब २ प्रतिशत बढेको छ भने वित्तीय खर्च करिब ३२५ प्रतिशत बढी भएको छ । वित्तीय खर्च बढेकाले कम्पनीको सञ्चालन नाफा करिब ५ प्रतिशत घटेको छ । गत वर्ष  ५ करोड ४५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीको यो आम्दानी यस वर्ष  ५ करोड ५५ लाख रुपैयाँभन्दा बढी छ । यसैगरी गत वर्ष  १४ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कमपनीले यो वर्ष यो शिर्षकमा ६१ लाख रुपैयाँभन्दा बढी खर्चगरेको छ ।

 हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी छ । गत वर्ष ३२ करोड ४७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको जगेडा कोष रकम यो वर्ष सुधारिएर २६ करोड ८ लाख कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४२.३७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११८.८२  रुपैयाँ रहेको छ ।