९ मंसिर, २०८१ आइतबार
09:57:39 AM
१६ माघ, २०७८
म्याग्दी
म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा हपेलै तोरीसँग आन्तरिक पर्यटकहरु रमाइरहेका छन । बारीमा फुलेको तोरी देखेर पर्यटकहरु लोभिएका छन् । कोहि फोटो खिचिरहेका छन, त कोहि टिकटक बनाइरहेका छन् ।
अहिले टिकटक सबै वर्गमा लोकप्रिय छ । टिकटककै भिडियो बनाउनका लागि तोरीबारीमा कोहि मौलिक पोशाकमा देखिए भने कोहि आफ्ना बालबच्चाका साग पनि । सबै अहिले तोरीबारीमा रमाइरहेका छन् । सो स्थान भाइरल तोरी बारीका रुपमा प्रचलित भएको छ ।